पहिचानवादी शक्तिलाई एकठाउँ आउन नदिन रेशमलाई पक्राउ गरियो : जनमत पार्टी

नेपालभ्युज

पहिचानवादी शक्तिलाई एकठाउँ आउन नदिन रेशमलाई पक्राउ गरियो : जनमत पार्टी

काठमाडौं । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउको भर्त्सना गर्दै पहिचानवादी शक्तिलाई एक ठाउँमा आउन नदिन पक्राउ गरिएको बताएको छ ।

पार्टीका प्रवक्ता शरदसिंह यादवले पक्राउको भर्त्सना गर्दै यस्तो बताएका हुन् ।  ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन् भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ,’ उनले भने ।

चौधरीलाई सादा पोशाकका प्रहरीले कमलादीबाट नियन्त्रणमा लिँदै डिल्लीबजार कारागार पठाइएको थियो । पक्राउसँगै दुई दलबीचको एकता सभा स्थगित भएको छ ।
आपसी छलफल गरेर एकीकरण टुङ्गो लाग्ने उनले बताए ।  ‘तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’

टीकापुर प्रकरणका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved