प्रज्ञा भवन पुगेका जनमत-नाउपा कार्यकर्ताहरू रनभुल्लमा, नेताहरू बल्ल हल बुक गर्दै

नेपालभ्युज

प्रज्ञा भवन पुगेका जनमत-नाउपा कार्यकर्ताहरू रनभुल्लमा, नेताहरू बल्ल हल बुक गर्दै

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को एकीकरण घोषणा कार्यक्रममा पुगेका कार्यकर्ताहरू हलभित्र प्रवेश गर्न नपाएपछि रनभुल्लमा परेका छन् । ११ बजे तोकिएको कार्यक्रम सुरू नभएपछि कार्यक्रमस्थल पुगेका कार्यकर्ताहरू हलभित्र प्रवेश गर्न नपाएपछि रनभुल्लमा परेका हुन् ।

हल बुकिङ नभएपछि उनीहरू भित्र छिर्न नपाएका हुन् । कार्यक्रमस्थल पुगेका कार्यकर्ताहरू प्राङ्गणमै रहेका छन् । प्रतिष्ठान प्रशासनले हल प्रवेशको मुख्य गेट बन्द राखेको छ ।  नेताहरूले भर्खरै हल बुकिङ प्रक्रिया सुरू गरेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved