पोखरा विमानस्थलबारे गोकुल बास्कोटाको प्रश्न – के आधारमा लागत बढाइयो ?

नेपालभ्युज

पोखरा विमानस्थलबारे गोकुल बास्कोटाको प्रश्न – के आधारमा लागत बढाइयो ?

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदनमा एमाले सांसद गोकुल बास्कोटाले सरकारलाई थप प्रश्न गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता अध्ययन गर्न संसदीय उपसमिति बनाइएको थियो । यो उपसमितिमा सदस्य रहेका बास्कोटाले प्रतिवेदनमा थप राय दिएका हुन् ।

विमानस्थलको प्रारम्भिक लागत अनुमान १४५ मिलियन अमेरिकी डलरबाट २१५.९६५ मिलियन अमेरिकी डलर (भ्याटबाहेक) कुन आधारमा बनाइएको भन्दै उनले थप राय पेस गरेका छन् ।

तत्कालीन मन्त्रिपरिषद्ले बनाएको कार्यदलले के आधारमा लागत बढाएको र राजस्व छुटसम्बन्धी विवाद, निर्माणका कतिपय कार्य सम्पन्न नभएको र प्राविधिक परीक्षण (Technical Audit) समेत पूर्णरूपमा नभएको अवस्थामा विमानस्थल उद्घाटन र हस्तान्तरण कुन आधारमा किन र कसरी गरियो भन्ने विषयमा यकिन गरी कारबाही सिफारिस गर्नुपर्ने राय उनले पेस गरेका छन् ।

लागत बढाउन अनुमति दिने, प्राविधिक परक्षिण नै नगरी विमानस्थल उद्घाटन र हस्तान्तरण गर्नेलाई समेत अध्ययन गरेर कारबाही गर्नुपर्ने उनले प्रतिवेदनमा थप राय पेस गरेका छन् ।

२७ जेठ २०८१ मा राजेन्द्र लिङ्देनको नेतृवमा सार्वजनिक लेखा समितिले ११ सदस्य रहेको अध्ययन टोली बनाएको थियो । यो टोलीले बनाएको प्रतिवेदनमा विमानस्थल निर्माणका क्रममा ठेक्का प्रक्रियामै भ्रष्टाचार भएको, आर्थिक, प्राविधिक दृष्टिले अनियमितता भएको र मुल सम्झौता विपरित कर छुट दिएको उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved