काङ्ग्रेसले भन्यो – लिङ्देनले लक्षित गरेका व्यक्ति चैत १५ मा नेपालमै थिएनन्

नेपालभ्युज

काङ्ग्रेसले भन्यो – लिङ्देनले लक्षित गरेका व्यक्ति चैत १५ मा नेपालमै थिएनन्

काठमाडौं । नेपाली काङ्ग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्ति भ्रमपूर्ण र कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

लिङ्देनले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा काङ्ग्रेसका एक सहमहामन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरेको तर गृहमन्त्रीको आदेशले छाडिएको दाबी गरेका थिए ।

काङ्ग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै त्यस दिन समातिएका भनिएका व्यक्ति नेपालमै नरहेको दाबी गर्दै आफ्ना अवाञ्छित क्रियाकलाप र लुटपाट ढाकछोप गर्न लिङ्देनले दिएको अभिव्यक्तिको घोर भर्त्सना र निन्दा गरे ।

लिङ्देनलाई आफ्नो पद र संसद्‌समेतको गरिमालाई ध्यानमा राख्न काङ्ग्रेसले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved