इजलासमा रवीन्द्र मिश्र : तीनकुने सभामा आवेगको अन्तर्य हिंसा थिएन

नेपालभ्युज

इजलासमा रवीन्द्र मिश्र :  तीनकुने सभामा आवेगको अन्तर्य हिंसा थिएन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनमा आवेग देखाएको स्वीकार गर्दै त्यसको अन्तर्य भने हिंसा नरहेको बताएका छन्  । जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेसगर्ने क्रममा मिश्रले हिंसाको उद्देश्यले आवेग नदेखाएको बताएका हुन् । नाकैमुनी अश्रुग्यास आएपछि आफु आवेगमा आएको उनले बताए । त्यसैक्रममा छरिएर रहेका आन्दोलनकारीहरूलाई एकीकृत हुन अघि बढ्नुस् भनेपनि त्यसको अन्तर्य हिंसा नभएको बताए ।

न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा बयान दिँदै मिश्रले भने,‘आमसभामा गएको व्यक्तिको नाकै अघि अश्रुग्यास खसेपछि ध्यान गरेर बस्ने?’ उनले प्रश्न गरे, ‘आन्दोलनकारी छरिएर बसेको देखेपछि मैले अघि बढ्नुस् भनेँ । अघि बढ्नुस् भन्नुको अर्थ प्रहरीको घेरा तोड्नु हो? संसदमा आगो लगाउनु हो? के मैले कसैको घरमा आगो लगाउनुस भनेँ?’

आन्दोलनमा गएको नेताले बोल्ने उल्लेख गर्दै उनले आफुले कुनैपनि हिंसाका लागि नउक्साएको बताए । आफुलाई प्रतिशोध राखेर हिरासतमा राखिएको उनको भनाइ छ । ‘पञ्चायतमा अरराष्ट्रिय तत्व भनेर हिरासतमा राखिन्थ्यो । गणतन्त्रमा आस्था लिएकै आधारमा बन्दी बनाएर हिरासतमा राखियो,’ उनले भने ।

आफू इमानको धरातमा बाँचेको जिकिर गर्दै मिश्रले बाँकी जीवन नाक काँटेर  मर्न नचाहेको उनले बताए । ‘एकमहिना भन्दा बढी मलाई हिरासतमा राख्दा मलाई नायक राज्यलाई खलनायका रूपमा मुल्यांकन भइरहेको छ । तर यसको मतलब म हिरासतमा बस्न चाहेको होइन । यो न्याय भएन श्रीमान्, उनले भने, ‘म जस्तो नागरिकमा न्यायको अनुभूती नहरावस् । इमानको धरातलमा टेकेर कयौँ प्रतिकुल अवस्थामा प्रश्न गर्न नसक्ने स्थितिबाट नाक ठाडो पारेर हिँडेको मान्छै हो । बाँकी जीवन पनि नाक काटेर मर्न चाहान्न श्रीमान् ।’

आफूले राज्यविरूद्धको कसुर वा संगठित अपराध आकर्षित हुने कुनै काम नगरेको जिकिर गर्दै मिश्रले आफुलाई न्याय दिन आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved