ठूला दललाई रास्वपाको चुनौती – ज्यादतीको हिसाब ०८४ को चुनावमा गरौँला

नेपालभ्युज

ठूला दललाई रास्वपाको चुनौती – ज्यादतीको हिसाब ०८४ को चुनावमा गरौँला

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई जसरी पनि थुन्नेतर्फ सरकार लागेको आरोप लगाएका  छन् ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अर्यालले भने, “सरकारलाई दुई तिहाइको घमन्ड छ । हाम्रो पार्टीका सभापति रवि लामिछानेलाई जसरी पनि थुन्नेतर्फ सरकार लागेको छ ।”

प्रहरीले लामिछाने निवासमा गरेको गतिविधि आपत्तिजनक रहेको उनको भनाइ छ । साथै, सरकारले गरेका ज्यादतीको हिसाब ०८४ को चुनावमा हुने अर्यालले बताए ।

उनले भने, “प्रहरीले सभापति लामिछानेको निवासमा गरेको गतिविधि आपत्तिजनक छ । कागजता विना जानू, अन्तिम इच्छा सोध्नु सरकारले नियतवश साँधेको प्रतिशोध हो । यो ज्यादतीको हिसाब ०८४ मा गरौँला ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved