मुलुकका समस्या ९ महिनामा मात्रै आएका होइनन् : एमाले

नेपालभ्युज

मुलुकका समस्या  ९ महिनामा मात्रै आएका होइनन् : एमाले

काठमाडौं । नेकपा एमालेले मुलुकका समस्या पछिल्लो सकारका कारणले मात्रै नआएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले मुलुकका समस्या पछिल्लो सरकारका कारणले मात्रै नआएको बताएका हुन् ।

‘केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् ।’

सरकार समस्याहरू समाधानको बाटोमा अघि बढिरहेको उनले बताए ।  चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउने वा सफलता प्राप्त गर्ने कुरा नहुन सक्छ,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved