सरकार परिवर्तनबारे हल्ला बढेसँगै प्रधानमन्त्री ओली र देउवाबीच संवाद

नेपालभ्युज

सरकार परिवर्तनबारे हल्ला बढेसँगै  प्रधानमन्त्री ओली र देउवाबीच संवाद

काठमाडौं । सरकार परिवर्तनको हल्ला चलेपछि प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच संवाद भएको छ । बैंककमा रहेकै बेला प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति देउवाबीच फोन संवाद भएको हो । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओली र देउवाबीच फोन संवाद भएको बताएकी हुन् । ‘सरकार परिवर्तनको हल्ला चलेसँगै प्रधानमन्त्री ओली र देउवाबीच हिजो बेलुका फोन संवाद भयो,’ उनले भनिन् ।

राणाले सरकार  परिवर्तनको हल्ला मनोरञ्जन प्रेरित रहेको बताइन् । ‘केही समय शान्त भएपछि सरकार परिवर्तनको हल्ला चलाइयो  । यो मनोरञ्जन प्रेरित जस्तो देखिन्छ,’ उनले भनिन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा बिहीबार पुष्पकमल दाहाल प्रचण्डले समीकरण फेरबदलबारे देउवा फर्किएपछि संवाद हुने ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्री ओली र देउवाको फोनमा संवाद भएको थियो ।

काङ्ग्रेस सभापति देउवाले पनि समीकरण फेरबदल नहुने बताएका छन् । समीकरण फेरबदल हल्ला मात्रै भएको उनको भनाइ छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved