काठमाडौं । गाजा पट्टीमा इजरायली आक्रमणबाट कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ ।
बिहीबार राति र शुक्रबार बिहान आक्रमण भएको गाजाका स्वास्थ्य अधिकारी र राहतकर्मीहरूले जानकारी दिएका छन् ।
उत्तरी गाजा सहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा बिहान क्षेप्यास्त्र प्रहार हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ ।
इजरायल रक्षा बल (आईडीएफ)ले जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको ‘कमाण्ड–एन्ड–कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ ।
इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको बताएको छ ।
पछि हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले जबलियाको अर्द हलावा क्षेत्रमा रहेको घरमा भएको बम आक्रमणमा १२ जना परिवारका सदस्यको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको बताएको छ ।
यद्यपि, आईडीएफले रिपोर्टहरूको बारेमा अनुसन्धान गरिरहेको बताएको छ ।
यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ ।
नागरिक सुरक्षाका अनुसार यसमा छ जनाको परिवार समावेश थियो। गाजा शहरको उत्तरी शेख रदवान क्षेत्रमा राति जसको घरमा आक्रमण भएको थियो।
Facebook Comment
Comment