सरकारलाई सर्वोच्चको आदेश : शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउनू

नेपालभ्युज

सरकारलाई सर्वोच्चको आदेश : शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउनू
फाइल तस्वीर
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा विभिन्न माग राखी आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काउने वातावरण बनाउन अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता श्रवण कुमार चौधरीलगायतले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै नेपाल सरकारका विभिन्न निकाय विरुद्द रिट दायर गरेका थिए । सोहि रिटमाथि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार यस्तो अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’

शिक्षकहरूले विभिन्न सेवा सुविधालगायतका माग राख्दै केही समयदेखि काठमाडौंमा आन्दोलन गरिरहेका थिए। सर्वोच्च अदालतको यो आदेशले उनीहरूको आन्दोलनलाई तत्कालका लागि स्थगित गर्नुपर्ने देखिएको छ।

 

यसअघि  अन्यथा हुन गएकाले शीर्षक सच्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved