क्रिकेटर सिद्धार्थ लोहनीलाई क्यानको ५ लाख सहयोग

नेपालभ्युज

क्रिकेटर सिद्धार्थ लोहनीलाई क्यानको ५ लाख सहयोग

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले घाइते क्रिकेटर सिद्धार्थ लोहनीलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८१ मा घाइते भएका सहभागी प्रदेश १ (कोशी प्रदेश)का खेलाडी लोहनीलाई उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय क्यानले गरेको हो ।

मे २९ देखि जुन ९, २०२४ सम्म जनकपुरमा सम्पन्न प्रतियोगिताको दौरान जुन २ मा गण्डकी प्रदेशविरुद्धको खेलमा सहभागी लोहनी घाइते भएका थिए ।

हाल उनी उपचाररत रहेको जानकारी प्राप्त भएपछि क्यानले उनलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाले राष्ट्रिय टोलीबाट समेत खेलिसकेका लोहनीको उपचार खर्चमा सहयोग पुर्‍याउन उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved