मोदीले भने – आतङ्ककारीलाई कल्पनाभन्दा ठूलो सजाय दिन्छौँ

नेपालभ्युज

मोदीले भने – आतङ्ककारीलाई कल्पनाभन्दा ठूलो सजाय दिन्छौँ
फाइल फोटो

काठमाडौं । जम्मू-कश्मीरस्थित पहलगाममा भएको हमलापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवादीलाई नछाड्ने चेतावनी दिएका छन् ।

बिहारको मधुबनीबाट एक कार्यक्रमलाई सम्बोधन गर्दै मोदीले यस्तो चेतावनी दिएका हुन् ।

मोदीले भने, “पहलगामका दोषीहरूलाई गाड्ने समय आएको छ । आतङ्ककारीहरूले कल्पना गरेभन्दा ठूलो सजाय पाउनेछन् ।”

उनले थपे, “म स्पष्ट शब्दमा भन्न चाहन्छु कि यी आतङ्ककारीहरू र यस आक्रमणको षड्यन्त्र गर्नेहरूले उनीहरूले कल्पना गरेको भन्दा ठूलो सजाय पाउनेछन् । उनीहरूले पक्कै पनि सजाय पाउनेछन् । अब आतङ्ककारीहरूको बाँकी रहेको साम्राज्य ध्वस्त पार्ने समय आएको छ । १४० करोड भारतीयहरूको इच्छाशक्तिले अब आतङ्कका मालिकहरूको ढाड भाँचिदिनेछ ।”

उनले यो घटनापछि सरकारले घाइते परिवारको उपचारका लागि सबै प्रयास जारी राखेको जानकारी पनि गराए ।

जम्मू-कश्मीर हमला : को हुन् मास्टरमाइन्ड सैफुल्लाह खालिद ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved