आईपीएल

मुम्बईको लगातार चौथो जित, हैदरावादलाई सात विकेटले हरायो

नेपालभ्युज

मुम्बईको लगातार चौथो जित, हैदरावादलाई सात विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो जित हात पारेको छ । मुम्बईले बुधबार भएको खेलमा सनराइजर्स हैदरावादलाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो ।

हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गर्यो । मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे ।

४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो । १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावादका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच बने । दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए ।

यो जितसँगै मुम्बई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । मुम्बईको नौ खेलमा १० अङ्क छ ।

यसैगरी हैदरावाद नौ खेलमा चार अङ्कसहित नवौँ स्थानमा छ ।

हेरौं अङ्क तालिका :

 

छैटौं जितसहित दिल्ली दोस्रो स्थानमा यथावत, लखनऊको चौथो हार


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved