जम्मू–कश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाबाट हामी दुःखी भएका छौं : परराष्ट्रमन्त्री राणा

नेपालभ्युज

जम्मू–कश्मीरमा भएको जघन्य आतङ्कवादी हमलाबाट हामी दुःखी भएका छौं : परराष्ट्रमन्त्री राणा
फाइल तस्वीर

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको जम्मू–कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवम् दुःखी भएको बताएकी छिन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी छिन् । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छिन् । साथै, उनले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

‘नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ,’ एक्समा उनले लेखेकी छन् ।

परराष्ट्रमन्त्री डा राणाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताएकी छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।

आतङ्कवादी हमलाबारे प्रधानमन्त्री ओली– हामी भारत सरकारका साथ दृढतापूर्वक उभिएका छौं


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved