जई घाँस लगाउने किसानलाई प्रोत्साहन

नेपालभ्युज

जई घाँस लगाउने किसानलाई प्रोत्साहन

गण्डकी । पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र जई घाँस लगाउने किसानलाई सहयोग गर्ने भएको छ । यसका लागि महानगरपालिकाले रु १२ लाख ३९ हजार सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले किसानलाई पशुपालनतर्फ आकर्षित गरी घाँसखेती प्रवर्द्धन गर्ने उद्देश्यका साथ चार वर्षयता जई घाँस लगाउने किसानलाई सहयोग गर्दै आएको महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. अशेषराज विकले जानकारी दिए । उनका अनुसार यस वर्ष कुल एक हजार ९४२.४ रोपनी क्षेत्रफलमा प्रतिरोपनी रु ६३८ दरले जै घाँसखेती लगाउने १७८ किसानलाई रकम गरिने भएको छ ।

यसअन्तर्गत बीउका लागि रु पाँच लाख ५९ हजार र खनजोतका लागि रु छ लाख ७९ हजार विनियोजन गरिएको प्रमुख डा. विकले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved