कृष्णभीरबाट मोटरसाइकल त्रिशूलीमा खस्यो, अचेत अवस्थामा एकजनाको उद्धार

नेपालभ्युज

कृष्णभीरबाट मोटरसाइकल त्रिशूलीमा खस्यो, अचेत अवस्थामा एकजनाको उद्धार
सांकेतिक तस्वीर

धादिङ, वैशाख ७ गते । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरबाट आइतबार दिउँसो एक यात्रुसहितको मोटरसाइकल त्रिशूली नदीमा खसेको छ।

बागमती प्रदेश– ०५४ प ४०५४ नम्बरको मोटरसाइकल काठमाडौंतर्फ आउँदै गर्दा कृष्णभीरबाट करिब दुई सय मिटर तल खसेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।

एसपी सुवेदीका अनुसार, नदीबाट अचेत अवस्थामा एक जनाको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिको साथबाट सिन्धुलीको तीनपाटन गाउँपालिका–९ ठेगाना भएको मीनबहादुर तामाङ नामको मतदाता परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ।

उद्धार गरिएका व्यक्ति अचेत रहेका कारण उनको वास्तविक पहिचान खुल्न सकेको छैन। साथै, मोटरसाइकलमा उनी मात्रै सवार थिए वा अन्य व्यक्ति पनि थिए भन्ने बारेमा यकिन जानकारी प्राप्त हुन नसकेको एसपी सुवेदीले बताए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved