नेपाली तेवान्दो टोली चीन जाने

नेपालभ्युज

नेपाली तेवान्दो टोली चीन जाने

काठमाडौं। दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ ।

दुवै प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट र ७४ केजीमुनि आशिष भण्डारीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सयद हसन रेजा रहेका छन् ।

टोली पहिले वैशाख १० देखि ११ गतेसम्म ताइयानमा हुने सातौं डब्लुटी प्रेसिडेन्ट्स कप एसियाली क्षेत्रमा सहभागी हुनेछ । त्यसपछि टोली वैशाख १६ देखि १७ गतेसम्म हुने १३औं एसियाली क्लब तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुक्सि जाने छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्यद्वय कमलबहादुर भट्टराई र भानबहादुर चन्दले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved