संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रूपले उपस्थित भयो – राजेन्द्र लिङ्देन

नेपालभ्युज

संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रूपले उपस्थित भयो – राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयबाहिर प्रहरी अस्वाभाविक रुपले उपस्थित भएको बताएका छन् ।

संसदीय दलको कार्यालयबाट बाहिरिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, “सिंहदरबारमा प्रहरीको उपस्थिति हुनु अनौठो त होइन । अन्यथा लिनुहुन्न । तर, प्रहरी अस्वाभाविक रुपले उपस्थित भयो । अहिले कुनै टिप्पणी गर्न चाहन्नँ ।”

यसअघि राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफूहरुलाई संसदीय दलको कार्यालयमै प्रहरीले बन्धक बनाएको आरोप लगाएका थिए ।

फेसबुकमा लाइभ गर्दै शाहीले सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा प्रहरीले बन्धक बनाएको बताएका हुन् । तर, पछि उनले लाइभ डिलिट गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved