यू–१९ विश्वकप एसिया छनोट:

खेल रद्द हुँदा नेपालको निराशा, अफगानिस्तानलाई उत्साह (तस्वीरहरू)

खेल रद्द हुँदा नेपालको निराशा, अफगानिस्तानलाई उत्साह (तस्वीरहरू)

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक‌ खेल वर्षाका कारणा रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट बञ्चित भएको छ ।

अम्पायरहरुले २ बजे मैदानको निरिक्षण गरे । निरिक्षणपश्चात दुवै टोलीका कप्तान तथा मुख्य प्रशिक्षकलाई बोलाएर छलफल गरे । मैदान ओसिलो भएका कारण खेल २० ओभरमा घटाएर पनि खेल्न नसकिने भएपछि खेल रद्द गरिने अम्पायरहरूले निर्णय लिए ।

त्यस लगत्तै, समान ३ खेल जितेपनि नेट रन रेटका आधारमा नेपाललाई पछि पार्दै अफगानिस्तान यू–१९ विश्वकपका लागि छनोट भयो । नेपालको सन् २०२६ को विश्वकप पुग्ने सपना भने अपुरो बन्न पुग्यो ।

म्याच रद्द गर्दा विश्वकप पुगेको अफगानिस्तानका खेलाडी उत्साहित बने । हर्षित खेलाडी रमाएर अंकमाल गर्दै विश्वकप पुगेको खुसीयाली मनाउन थाले ।

यता, नेपाली खेलाडी भने निराश भए । निरन्तरको प्रयास र सम्मानजनक प्रदर्शन गरी फाइनल पुगे पनि वर्षाका कारण नेपाली खेलाडीको विश्वकपको यात्रा तय गर्न सकेनन् ।

खेलाडीको अनुहारमा विश्वकप खेल्ने अवसर गुमाएको पीडा प्रस्टै देख्न सकिन्थ्यो ।

तस्वीरहरू:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved