गभर्नर बन्ने चर्चाबीच राष्ट्र बैङ्कका निर्देशक डा. भट्टको राजीनामा 

नेपालभ्युज

गभर्नर बन्ने चर्चाबीच राष्ट्र बैङ्कका निर्देशक डा. भट्टको राजीनामा 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने चर्चाबीच शुक्रबार बिहान उनले पदबाट राजीनामा दिएका हुन् ।

आजै गभर्नर सिफारिस समितिको बैठकसमेत बस्ने बुझिएको छ । समितिमा रहेका डा.विश्व पौडेल विदेशबाट फर्किएर लगत्तै बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गभर्नर सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउने छ ।

मन्त्रिपरिषद् बैठकले आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved