शिक्षक महासङ्घका अध्यक्ष सुवेदीको आह्वान: मर्यादित प्रदर्शन जारी राखौं, विजय निश्चित छ

नेपालभ्युज

शिक्षक महासङ्घका अध्यक्ष सुवेदीको आह्वान: मर्यादित प्रदर्शन जारी राखौं, विजय निश्चित छ

काठमाडौं । नेपाल शिक्षक महासङ्घका  अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूको प्रदर्शनमा बढ्दो सहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताएका छन्। उनले बिहीबारको प्रदर्शनमा सहभागी सबै शिक्षकहरूप्रति आभार व्यक्त गर्दै आज पनि दिउँसो १२ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेका छन्।

अध्यक्ष सुवेदीले आन्दोलन विजयको नजिक पुगेको उल्लेख गर्दै यो समयमा थप अनुशासित, मर्यादित र संयमित हुन आवश्यक रहेकोमा जोड दिएका छन्। “आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ। हाम्रो आन्दोलन विषयान्तर होस् र तार्किक निष्कर्षमा नपुगोस्, उपलब्धि हात नपरोस् भनेर षडयन्त्र गर्नेहरू पनि थुप्रै छन्,” उनले भने, “त्यसैले हामीले उग्रता र भड्कावबाट आफूलाई बचाउनुपर्छ। मर्यादा, अनुशासन र शान्तिपूर्ण प्रदर्शन कायम राख्नुपर्छ।”

उनले आन्दोलनस्थलको सरसफाइ र सुरक्षामा अझ बढी सचेत रहन शिक्षकहरूसँग आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved