‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरूले नै निर्माण गरे : परराष्ट्रमन्त्री राणा

नेपालभ्युज

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरूले नै निर्माण गरे : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ‘देश खत्तम छ’ भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरूबाटै भएको बताएकी छिन् ।

काठमाडौंमा बिहीबार आयोजित पुस्तक लोकार्पण समारोहमा उनले देशमा जहिले पनि असहज परिस्थिति बनाइ राख्ने काम भएकाे बताइन् । देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको आराेप लगाउँदै उनले यसमा राजनीति गर्नेहरूको नै दोष रहेको सङ्केत गरिन् ।

उनले भनिन्, ‘हाम्रो देशमा किन सङ्घर्ष नै सङ्घर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना, किन हामी यसमा समय खर्च गरिरहेका छौं । किन हामी सकरात्मक काममा समय खर्च गर्दैनौ । यो एउटा ठूलो प्रश्न छ । हामी राजनीति गर्ने मान्छेहरू नै यसको दोषी हौं कि जस्तो लाग्छ । जहिले पनि असहज परिस्थिति बनाइराख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ । यसमा राजनीति गर्नेहरूको नै दोष हो कि भन्ने जस्तो लाग्छ ।’

यस्तै, उनले देशमा केही पनि भएको छैन, देश खत्तम भयो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै यसका पछि नलाग्न सबैलाई आग्रह गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved