उच्चस्तरीय राजनीतिक संयन्त्रको निष्कर्ष : आलोचनाबाट आत्तिनुपर्दैन, सरकारको कार्यशैली ठीक छ

नेपालभ्युज

उच्चस्तरीय राजनीतिक संयन्त्रको  निष्कर्ष : आलोचनाबाट आत्तिनुपर्दैन, सरकारको कार्यशैली ठीक छ

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले बाहिरी आलोचनाबाट सरकार आत्तिनुनपर्ने निष्कर्ष निकालेको छ । बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए । ‘नेताहरूले आलोचना गरेपनि सरकारमा कुनै समस्या नरहेको निष्कर्ष रह्यो । आलोचनाबाट आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने ।

बैठकले सरकार राम्रोसँग अघि बढिरहेको निष्कर्ष निकालेको उनले बताए  । ‘राष्ट्र बैंकको प्रतिवेदन लगायत अन्य सुचकहरूले सरकारको गति ठीक रहेको देखिन्छ । तथ्य र तथ्यांकको गतिमा हेरौँ भाषणलाई मात्रै नहेरौँ भन्ने छलफल भयो । बाहिर आए जस्तो हाम्रोबीचमा कुनैपनि समस्या छैन,’ उनले भने ।

दुई नेताबीच सौहार्द छलफल भएको र कुनै समस्या नरहेको उनले बताए ।  बैठकले शिक्षकहरूको विषयमा समेत छलफल गरेको मन्त्री लेखकको भनाइ छ । गभर्नर नियुक्तिमा दुई दलबीच कुनै समस्या नरहेको उनले उल्लेख गरे । सिफारिस समितिले नियमित प्रक्रियाबाटै यसलाई टुंग्याउने मन्त्री लेखकले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved