प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु

नेपालभ्युज

प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथी घटनाको छानबिन थालिएको  जानकारी दिए ।

दुबईबाट काठमाडौं आएका मोरङका सञ्जय ओझालाई गत चैत ३१ गते विमानस्थलमा तीन प्रहरीले समातेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

“उक्त घटनामा देखिएका प्रहरीलाई विमानस्थलको जिम्मेवारीबाट हटाएर छानबिन थालेका छौँ, छानबिनपछि यकिन कुरा आउँछ”, तामाङले भने । ट्रली बाहिर ल्याएको विषयमा विमानस्थलकै कर्मचारीसँग विवाद भएको र त्यसपछि विवाद भएको जनाइएको छ । सामाजिक सञ्जालमा प्रहरीको व्यवहारको आलोचना भइरहेको छ ।

उनी वैदेशिक रोजगारीबाट फर्कने क्रममा विमानस्थलमा भन्सार जाँच पासपछि उक्त घटना भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved