वीरगन्ज घटनाका दोषीलाई कारबाही गर्न अभियानको माग

नेपालभ्युज

वीरगन्ज घटनाका दोषीलाई कारबाही गर्न अभियानको माग

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्ज घटनाका दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ । चैत ३० मा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राका क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएपछि वीरगन्ज अशान्त छ ।

अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्युसमेत जारी गरेको थियो । चैत ३१ मा जिल्ला प्रशासन कार्यालयमा पाँच बुँदे सहमति भएको थियो । तर, वैशाख २ को रातीदेखि वीरगन्ज फेरी अशान्त बनेको छ ।

आज राजधानी काठमाडौंमा एक कार्यक्रम गर्दै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्ज घटनाको भर्त्सना गर्दै दोषीलाई पक्राउ गर्न माग गरेको छ ।

यस बाहेक अभियानले जहाँबाट शोभा यात्रा रोकिएको थियो त्यहीबाट फेरी शोभा यात्रा सुरु गर्न माग गरेको छ । अभियानले भनेको छ, ‘उक्त निन्दनीय घटना का दोषीहरूलाई तत्काल कानुनी प्रक्रिया अनुसार मुद्दा दर्ता गरी कारबाही अगाडी बढाउने समाजको प्रयाससँग सहमति जनाउँदै सोही ठाउँबाट नै पुनः शोभा यात्रा सञ्चालन गर्न-गराउन आग्रह छ ।’

वीरगन्ज लगायत मधेस प्रदेशका क्षेत्रमा यस्ता धार्मिक विषयसँग जोडिएका घटना बढ्दै गएको भन्दै अभियानले चिन्ता जाहेर गरेको छ । संवैधानिक व्यवस्था स्मरण गराउँदै अभियानले संविधानले धर्म निरपेक्षतासँगै ‘सनातनदेखि चलिआएको रीति र परम्पराको संरक्षण र संवर्द्धन गर्ने दायित्व पनि राज्यको’ भएको बताएको छ ।

धार्मिक अभ्यासको पालनका क्रममा अवरोध हुँदा समाज धार्मिक द्वन्द्वको चपेटामा पर्ने भन्दै अभियानले चिन्ता जाहेर गरेको छ । ‘आफ्नो धर्म, संस्कार र परम्परा को पालन गर्न पाउने मौलिक हक लाई अवरोध हुँदा परिस्थिति को जटिलता थप्दै जाने,’ अभियाले भनेको छ, ‘यसबाट धार्मिक द्वन्द्व सम्भावना समेत हुने भएकाले सबै पक्षलाई समय मै सचेत हुन आग्रह गर्दछौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved