गभर्नर नियुक्ति ढिलाइमा सरकारको प्रष्टीकरण : कुनै चलखेल छैन, दलहरूबीच कुरा मिल्न बाँकी छ

नेपालभ्युज

गभर्नर नियुक्ति ढिलाइमा सरकारको प्रष्टीकरण : कुनै चलखेल छैन, दलहरूबीच कुरा मिल्न बाँकी छ

काठमाडौं । गभर्नर नियुक्तिमा कुनै चलखेल नभएको सरकारले प्रष्टीकरण दिएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरूङले गभर्नर नियुक्तिमा कुनै चलखेल नभएको बताएका हुन् । ‘सरकार नियुक्तिमा १ अर्बको चलखेल भइरहेको भन्दै विभिन्न कुरा आइरहेको छ । यसमा कुनै सत्यता छैन,’ उनले भने ।

वर्तमान सरकार मिलिजुली सरकार भएकाले दलहरूबीच कुरा मिल्न बाँकी रहेको उनले बताए । ‘वर्तमान सरकारमा एमाले मात्रै छैन। अरू पनि छन् । गभर्नर जस्तो महत्वपूर्ण विषयमा सबैको चासो पनि स्वभाविक पनि हो । सबैकुरा मिलाउन बाँकी छ,’ उनले भने ।

मुलुकलाई ग्रे लिस्टबाट हटाउन र अर्थतन्त्रलाई लयमा फर्काउन सक्ने योग्य मानिसलाई सरकारले गभर्नर बनाउने उनले बताए । गभर्नर छिट्टै नियुक्ति गर्नुपर्ने विषयमा काङ्ग्रेस र एमाले नेतृत्व सहमत भएको तर केही कुरा मिल्न बाँकी रहेकाले राष्ट्र बैंकले छिट्टै प्रमुख पाउने मन्त्री गुरूङको भनाइ छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved