यू–१९ विश्वकप एसिया छनोट

युवराजको उत्कृष्ट बलिङमा हङकङ ११५ रनमै अलआउट

नेपालभ्युज

युवराजको उत्कृष्ट बलिङमा हङकङ ११५ रनमै अलआउट

काठमाडौं । यू–१९ विश्वकप एसिया छनोटमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा हङकङ ४६.२ ओभरमा ११५ रन बनाएर अलआउट भएको हो ।

हङकङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रन जोडे ।

नेपालका लागि युवराज खत्रीले ४ विकेट लिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved