काङ्ग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

नेपालभ्युज

काङ्ग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाली काङ्ग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

राजनीतिक अवस्था, सरकारको समीक्षा र महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णयका लागि केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

बैठक वैशाख १७ गते दिउँसो १ बजे बस्ने छ । सरकारको प्रभावकारीताबारे काङ्ग्रेस भित्रैबाट आलोचना बढेपछि त्यस विषयमा समेत बैठक छलफल हुने भएको छ । बैठक सानेपास्थित बीपी स्मृति भवनमा बस्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved