काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रका अभिव्यक्तिको खण्डनन गरेको छ ।
प्रचण्डले सरकार ढल्छ भनेर दिएको अभिव्यक्ति र नयाँ वर्षको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले दिएको सन्देशको एमालेले खण्डनन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
पूर्व राजा ज्ञानेन्द्रको सन्देशमा राजतन्त्र फर्काउन सकिने आशा र सक्रियता जीवितै देखिएको भन्दै एमालेले सन्देशको खण्डनन गरेको हो । ‘पूर्व राजालाले चैत १५ गतेको घटनालाई जनतामा आएको जागरणका रूपमा लिनुभयो । विध्वंसलाई जनजागरण मान्नु आपत्तिजनक कुरा हो । लोकतन्त्रमाथिको प्रहार र वर्तमान कोर्ष उल्ट्याउने प्रयास अवाञ्छित हुन् भनेर उहाँको सन्देशको खण्डनन पार्टीले गरेको छ,’ ज्ञवालीले भने ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाइरहनु सत्ता छोड्नुको कुण्ठा र पीडाबोध भएको एमालेले बताएको छ । ‘सरकार परिवर्तन हुन्छ भनेर भ्रम सिर्जना गर्ने कोशिसको एमालेले खण्डनन गरेको छ । यसको कुनै सान्दर्भिकता छैन सरकार परिवर्तन गर्नुपर्ने भन्नु सत्ताप्रतिको आशक्ति हो,’ उनले भने ।
सरकारले आफ्नो कार्यशैली र प्रभावकारीतामा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको निष्कर्ष एमाले सचिवालयको छ ।
Facebook Comment
Comment