काठमाडौं। आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो ।
ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे ।
ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो ।
ओमानका लागि जित व्रजेश शाहले अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए ।
नेपालका लागि युवराज खत्रीले ५ विकेट लिए । उनले ७ ओभरमा १५ रन खर्चेर आफ्नो फाइफर पूरा गरे । सो क्रममा उनले २ मेडन पनि फाले ।
सन्तोष यादवले २ तथा दयानन्द मन्डल, अप्रजित पौडेल र अशोक पौडेल १–१ विकेट लिए ।
अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
Facebook Comment
Comment