यू–१९ विश्वकप एसिया छनोट

नेपालविरुद्ध ओमान ११७ रनमा अलआउट, युवराज खत्रीको फाइफर

नेपालभ्युज

नेपालविरुद्ध ओमान ११७ रनमा अलआउट, युवराज खत्रीको फाइफर

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ओमानले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको हो ।

ओमानका लागि जित व्रजेश शाहले अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए ।

नेपालका लागि युवराज खत्रीले ५ विकेट लिए । उनले ७ ओभरमा १५ रन खर्चेर आफ्नो फाइफरपूरा गरे । सो क्रममा उनले २ मेडन पनि फाले ।

सन्तोष यादवले २ तथा दयानन्द मन्डल, अप्रजित पौडेल र अशोक पौडेल १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved