जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग

नेपालभ्युज

जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग

जनकपुर । जनकपुरधाममा सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम् जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारविरुद्ध आइतबार साँझ जुलुस निकालिएको हो ।

विरोध प्रदर्शनको नेतृत्व नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले गरेको थियो । प्रदर्शनकारीले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘देउवा चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरे ।

तीनकुने घटनामा सरकारले स्वयम् दमन गरेर अश्रु ग्यास प्रहार गर्न लगाएको आरोप समाजका अध्यक्ष प्रकाशजङ्ग राणाले लगाए । उनले राष्ट्रवादी नेताहरूलाई झुठा आरोप लगाउँदै मुद्दा चलाएर सरकारले जेल हाल्नु गलत रहेको बताए ।

पञ्चायतकालमा पनि यती धेरै अत्याचार नहुने गरेको भन्दै अध्यक्ष राणाले नेपाल सरकारलाई हाल थुनामा रहेका राष्ट्रवादी नेताहरूलाई तत्काल रिहा नगरे निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए ।

जनकपुरधामको जनक चोकबाट राष्ट्रिय झण्डासहित निकालिएको जुलुसमा ५०० भन्दा बढीको सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved