वैवाहिक बलात्कार मुद्दा

निलम्बित न्यायाधीश गिरीले पाए सफाइ

नेपालभ्युज

निलम्बित न्यायाधीश गिरीले पाए सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीले सफाइ पाएका छन् । उच्च अदालतका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले आइतबार गिरीलाई सफाइ दिएको हो ।

गएको जेठमा गिरीलाई वैवाहिक बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्ला अदालतले गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पनि सजाय कम भएको भन्दै पुनरावेदन दायर गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved