युक्रेनले भन्यो – रुसी आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

नेपालभ्युज

युक्रेनले भन्यो – रुसी आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

काठमाडौं । युक्रेनको सुमीमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

युक्रेनका गृहमन्त्री र त्यहाँको सरकारी आपत्‌कालीन सेवाले आफ्नो टेलिग्राम च्यानलमा यसबारे जानकारी दिएका छन् । घटनामा सात बालबालिकासहित ८३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

युक्रेन राष्ट्रपति जेलेन्स्कीले मृत्यु हुनेको सङ्ख्या “प्रारम्भिक तथ्याङ्क”मा आधारित रहेको र मानिसहरू सडक, कार, सार्वजनिक यातायात, घर घाइते भएको बताए ।

उनले भने, “अमेरिका, युरोप, संसारका सबैजना यो युद्ध र हत्याको अन्त्य चाहन्छन् । रूसले ठ्याक्कै यस्तै प्रकारको आतङ्क चाहन्छ र यो युद्धलाई तानिरहेको छ । दबाब बिना शान्ति असम्भव छ । वार्ताले ब्यालिस्टिक क्षेप्यास्त्र र हवाई बम कहिल्यै रोकेको छैन ।”

आपत्‌कालीन सेवाले त्यहाँ पीडितहरूलाई सम्भव भएसम्म सबै सहयोग प्रदान गरिरहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved