ईरान र अमेरिकाबीच ओमानमा परमाणु कार्यक्रमसम्बन्धी वार्ता सुरु

वार्ता सुरु हुनुअघि ईरानका विदेश उपमन्त्री अब्बास अरागचीले देशको सरकारी टेलिभिजन च्यानलसँग कुरा गर्दै ईरान निष्पक्ष सम्झौता चाहने बताएका थिए ।

नेपालभ्युज

ईरान र अमेरिकाबीच ओमानमा परमाणु कार्यक्रमसम्बन्धी वार्ता सुरु
ईरान र ओमनका विदेशमन्त्रीहरू ।

काठमाडौं । ओमानको राजधानी मस्कटमा ईरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच वार्ता सुरु भएको छ।

वार्ता सुरु हुनुअघि ईरानका विदेश उपमन्त्री अब्बास अरागचीले देशको सरकारी टेलिभिजन च्यानलसँग कुरा गर्दै ईरान निष्पक्ष सम्झौता चाहने बताएका थिए ।

बीबीसीका अनुसार, वार्ता सुरु हुनुअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वार्ताको उद्देश्य ईरानसँग परमाणु हतियार नहोस् भन्ने अमेरिकी चाहना रहेको दोहोर्‍याएका थिए ।

सन् २०१५ मा ईरान र अमेरिका लगायतका छवटा विश्व शक्तिहरूबीच एक सम्झौता भएको थियो, जसलाई ‘ज्वाइन्ट कम्प्रिहेन्सिभ प्लान अफ एक्सन (जेसीपीओए)’ भनिन्छ।

तर डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालको क्रममा सन् २०१८ मा अमेरिकालाई उक्त परमाणु सम्झौताबाट हटाएका थिए र ईरानमाथि पुनः अमेरिकी प्रतिबन्धहरू लागू गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved