हत्याको त कुरै छाडौँ, एक जनालाई पिटेको पनि छैन : प्रचण्ड

नेपालभ्युज

हत्याको त कुरै छाडौँ, एक जनालाई पिटेको पनि छैन : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा शनिबार संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाद्वारा लिखत ‘सङ्क्रमणकालीन न्याय’ पुस्तक विमोचन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धलाई लिएर गलत न्यारेटिभ बनाइएको बताएका छन् ।

शनिबार काठमाडौंमा खिमलाल देवकोटाद्वारा लिखित पुस्तक ‘सङ्क्रमणकालीन न्याय’ सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूमाथि गलत आरोप लाग्ने गरेको बताएका हुन् ।

इतिहासलाई पछाडि धकेल्न चाहनेले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलाइरहँदा पार्टी पङ्क्ति र बुद्धिजीवी वर्गबाट त्यसको खण्डन नभएको गुनासो उनले गरे ।

‘एक थरी मानिसहरू इतिहासलाई पछाडि धकेल्ने चाहनेका साथ १७ हजारको हत्यारा भनिरहन्छन् । यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो । राज्य पक्ष र विद्रोहीले कति गर्‍यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ,’ प्रचण्डले भने, ‘व्यक्तिको कुरा गर्ने हो भने मैले एक जनालाई पिटेको पनि छैन, हत्याको त कुरै छाडौँ ।’

उनले युद्धको नेतृत्व आफूले गरेको भन्दै शान्तिमा आएपछि सबै कुराको जिम्मा  पनि लिने दोहोर्‍याए ।

उनले आफूमाथि लागेका गलत आरोपको बुद्धिजीवीबाट खण्डन नभएको भन्दै गुनासो समेत व्यक्त गरे । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनकै लागि सेना समायोजन गरेको र त्यसैका कारण आफ्नो पार्टी समेत विभाजन भएको उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved