संक्रमणकालीन न्याय हरहालतमा टुंगिन्छ : प्रचण्ड

नेपालभ्युज

संक्रमणकालीन न्याय हरहालतमा टुंगिन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित आयोगहरूलाई सिफारिस समितिले अब छिट्टै पूर्णता दिने बताएका छन् ।

राजधानीमा खिमलाल देवकोटाको पुस्तक विमोचन गर्दै प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले छिट्टै पूर्णता पाउने बताएका हुन् ।

संक्रमणकालीन न्यायलाई टुंग्याउने पक्षमा सबै पक्ष सहमत भएकाले त्यसको काम तीव्रताका साथ अघि बढ्ने उनले बताए । ‘हाम्रो नियति नै त्यस्तै छ । संविधानसभा पनि दुईपटक गठन गरेर संविधान जारी गर्‍यौँ । सिफारिस समिति पनि तीनपटक गठन भइसक्यो । यसपटक यसले आयोगलाई छिट्टै पूर्णता दिन्छ,’ उनले भने ।

माओवादी केन्द्र पीडित केन्द्रित न्याय निरूपणको पक्षमा रहेको उनले बताए । माओवादीविरूद्धका प्रचारमा विश्वास नगर्न उनले आग्रह गरेका छन् । ‘द्वन्द्वमा माओवादी निकटहरू नै धेरै पीडित भएकाले पीडित केन्द्रित न्याय निरूपणको पक्षमा हामी छौँ । माओवादी पीडित केन्द्रित छैन भन्ने हल्ला निराधार हो,’ उनले भने ।

संक्रमणकाली न्याय अब हरहालतमा टुंगोमा पुर्‍याइने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved