आफूलाई अरू नेतासँग तुलना गरेको भन्दै प्रचण्डको असन्तुष्टि

नेपालभ्युज

आफूलाई अरू नेतासँग तुलना गरेको भन्दै प्रचण्डको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेता उस्तै भन्नु भाष्य गलत भएको बताएका छन् ।

भष्ट्रचारका विरुद्ध अभियान चलाउने सरकार र भष्ट्रचारीलाई  बचाउनका लागि सम्पूर्ण चिज गर्ने सरकार उस्तै भन्नु गलत र अवैज्ञानिक रहेको उनको भनाइ छ ।

‘जसरी सबै नेता उस्तै भन्ने छ त्यो गलत छ भन्ने मेरो भनइई छ । मान्छेहरुले यस्तो किन भन्छन् ?’ उनले भने ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दोस्रो पटकमा लोडसेडिङ्गको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए ।

‘म सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भष्ट्रचारका विरुद्ध यत्रो अभियान चलाउने पनि उस्तै । भष्ट्रचारीलाई बचाउनको लागि सम्पूर्ण चिज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ । मान्छेले भन्ने गरेका छन् नेतातन्त्र, तीन जना नेता भन्नेगरेका छन् यो नै वैज्ञानीक छैन.’ उनले भने, ‘कुन नेता कति राम्रो कति नराम्रो हरेकको अलग अलग छानविन हुनुपर्यो । गम्भिर नागरिक, बुद्धिजिवीहरुले सबैको गुण दोषको आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हाल्नु अवैज्ञानिक छ ।’

उनले ऐतिहासिक रेकड बनाउने सरकार र रेकड भत्काउने सरकार उस्तै नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved