अमेरिकी राजदूत स्टिभ विटकफले पुटिनलाई भेटे

नेपालभ्युज

अमेरिकी राजदूत स्टिभ विटकफले पुटिनलाई भेटे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् ।

सेन्ट पिटर्सबर्गमा शुक्रबार विटकफले पुटिनलाई भेटेको बीबीसीले जनाएको छ ।

क्रेमलिनकाअनुसार बैठक चार घण्टाभन्दा बढी समय चलेको र “युक्रेनी सम्झौताका पक्षहरू” मा केन्द्रित रहेको बताएको छ।

रुसमा भएको यो बैठकअघि राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा रुस-युक्रेन युद्धको बारेमा एउटा पोस्ट गरेका थिए ।

ट्रम्पले लेखेका थिए, “रूसले कदम चाल्नु आवश्यक छ। धेरै मानिस हरेक हप्ता भयानक र अर्थहीन युद्धमा मरिरहेका छन् – एउटा यस्तो युद्ध जुन कहिल्यै हुनुहुँदैनथ्यो र यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन !”

पुटिनका विशेष दूत किरिल दिमित्रीभले यस वर्ष पुटिनसँग भिट्कोभको तेस्रो वार्तालाई “उत्पादक” भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved