धोनी कप्तानीमा फर्किएकै खेलमा चेन्नईको फराकिलो हार

नेपालभ्युज

धोनी कप्तानीमा फर्किएकै खेलमा चेन्नईको फराकिलो हार

काठमाडौं । महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएको खेलमा चेन्नई सुपर किङ्सले फराकिलो हार व्यहोरेको छ ।

नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण आईपीएलबाट बाहिरिएपछि धोनी कप्तानी जिम्मेवारीमा फर्किएका थिए ।

तर, पहिलो खेलमै चेन्नईले कोलकाता नाइट राइडर्ससँग आठ विकेटले पराजित भएको हो ।

चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १०.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

कोलकातालाई तेस्रो जित दिलाउन सुनील नारायणले अलराउन्ड प्रदर्शन गरे । बलिङमा तीन विकेट लिएका उनले ब्याटिङमा सर्वाधिक ४४ रनको योगदान दिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अङ्क पुर्‍याएको छ । चेन्नईको भने यो लगातार पाँचौं हार हो । दुई अङ्क बटुलेको चेन्नई नवौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved