अमेरिकाविरुद्ध डब्ल्यूटीओमा चीनको उजुरी

नेपालभ्युज

अमेरिकाविरुद्ध डब्ल्यूटीओमा चीनको उजुरी

काठमाडौं । अमेरिका र चीन बीचको कर युद्ध जारी छ ।

यसबीच चीनले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा अमेरिकी करविरुद्ध थप उजुरी दर्ता गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार डब्ल्यूटीओमा चीनले अमेरिकाले लगाएको करको बारेमा थप गुनासो पनि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा भन्सार शुल्क १० प्रतिशतले बढाएको बेला पनि फेब्रुअरीमा उजुरी दर्ता गरेको थियो ।

यसपछि चीनले गत हप्ता डब्ल्यूटीओमा भन्सार शुल्कको बारेमा अर्को उजुरी दर्ता गरेको हो । अमेरिकी कर वृद्धिको सामना गरिरहेको कुनै पनि देशले विवाद समाधान गर्न डब्ल्यूटीओमा उजुरी दर्ता गर्न सक्नेछन् ।

अमेरिकाले चीनमा १४५ प्रतिशत कर लगाउने घोषणा गरेको छ भने जवाफमा चीनले पनि अतिरिक्त शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याएको छ ।

अमेरिकासँग नझुक्ने चीनको रणनीति, अतिरिक्त शुल्क बढाएर १२५ प्रतिशत पुर्‍यायो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved