रविलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै रास्वपा सर्वोच्चमा

नेपालभ्युज

रविलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै रास्वपा सर्वोच्चमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारगार पठाउने उच्च अदालत बुटवलको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

रवि पत्नी निकिता पौडेले आफैँ उपस्थित भएर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छिन् ।

गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध रास्वपा सर्वोच्च पुगेको हो । रास्वापाले उच्च अदालतको आदेश कपी पेस्ट रहेको भन्दै विरोध गर्दै आएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । रास्वपा सचिवालय बैठकले कानुनको उचित प्रक्रिया पालना नगरी अवैध रूपमा तीन दिन हिरासतमा राखेको भन्दै भर्त्सना समेत गरेको थियो । पक्राउविरूद्ध रास्वपाले मावनअधिकार आयोगमा समेत उजुरी दिइसकेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved