पूर्वराजालाई संसदीय समितिमा बोलाउनुपर्ने जीवन परियारको माग

नेपालभ्युज

पूर्वराजालाई संसदीय समितिमा बोलाउनुपर्ने जीवन परियारको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीहरूको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउनुपर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले पूर्वराजा शाहलाई समितिमा बोलाउनु पर्ने धारणा राखेका हुन् ।

‘चैत १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा विभिन्न विचारहरू आउन थालेका छन्,’ उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऔं र सोधौं – यो मानव अधिकार उल्लंघनको घटना तपाईंले गरेको हो कि होइन ? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ ?’

परियारले अराजकता र अमानवीय व्यवहार गर्ने छुट कसैलाई पनि नहुने उनले बताए।

समितिले चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि गृहमन्त्री रमेश लेखकलाई बोलाएर छलफल गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved