रौतहट । बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कलैयाबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १५८ ग्राम ९१० मिलि ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिकलाई बिहीबार पक्राउ गरेको हो ।
प्रहरी टोलीले फेटा गाँउपालिका वडा नं. ३ चौतारा स्थितमा घोडासाहनबाट फेटातर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेक जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
उनका अनुसार तेलको ट्याङ्कीभित्र पलाष्टिकमा बेरी लुकाईछिपाई लगिरहेको अवस्थामा बरामद गरिएको छ । प्रहरीले ट्याक्टर चालक भारतको शिवनगर बस्ने वर्ष ३० का टुटु कुमार र सोही स्थानका वर्ष ३२ को टुटु अन्सारीलाई पक्राउ गरेको उनले जानकारी दिए ।
ट्याक्टरसहित दुईजना भारतीय नागरिकसमेत नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Facebook Comment
Comment