माओको भिडिओ जारी गर्दै चीनले अमेरिकालाई भन्यो – हामी पछि हट्ने छैनौं

नेपालभ्युज

माओको भिडिओ जारी गर्दै चीनले अमेरिकालाई भन्यो – हामी पछि हट्ने छैनौं

काठमाडौं । चीनले अमेरिकासँगको व्यापार युद्धबाट पछि नहट्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सामाजिक सञ्जालमा भनेकी छन्, “चीन पछि हट्ने छैन ।”

उनले कोरियाली युद्धको समयमा चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व नेता माओ च तोङको पुरानो भिडिओ पोस्ट गरेकी छन् । उक्त भिडिओमा माओले अमेरिकालाई भनेका छन्, “यो युद्ध जतिसुकै लामो समयसम्म चले पनि हामी कहिल्यै झुक्ने छैनौं ।”

भिडिओ सेयर गर्दै निङले लेखेकी छन्, “हामी चिनियाँ हौं । हामी उत्तेजनाबाट डराउँदैनौं । हामी पछि हट्ने छैनौं ।”

चीन र अमेरिका दुवैले एकअर्कामाथि नयाँ आयात शुल्क लगाएका छन् । अहिलेसम्म अमेरिका र चीनबीच कुनै पनि प्रकारको सम्झौताको सङ्केत देखिएको छैन ।

अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व अर्थतन्त्रमा पर्ने असर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved