पोखरा र धनगढीले अङ्क बाँडे

नेपालभ्युज

पोखरा र धनगढीले अङ्क बाँडे

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत बुधबार भएको खेलमा पोखरा थण्डर्स र धनगढी एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

धनगढीको यो लगातार दोस्रो बराबरी हो भने पोखराले पहिलो पटक बराबरी खेलेको हो। तीन खेलबाट ५ अंक जोडेको धनगढी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

ललितपुर सिटी र काठमाडौं रेजर्सको पनि समान ५ अंक भए पनि गोल अन्तरका आधारमा धनगढी अगाडि रहेको छ।

चार खेल खेलेको पोखरा ४ अंकसहित तालिकाको पाँचौं स्थानमा छ। शीर्ष चारमा पुग्नका लागि पोखराले बाँकी दुवै खेल जित्नुपर्ने दबाब बढेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved