रास्वपा सचिवालयको निष्कर्ष : सभापति लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध

नेपालभ्युज

रास्वपा सचिवालयको निष्कर्ष : सभापति लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठकले कानुनको उचित प्रक्रिया पालना नगरी सभापति रवि लामिछानेलाई गिरफ्तार गर्नु राज्यको निर्मम प्रतिशोध रहेको निष्कर्ष निकालेको छ । सचिवालयको बुधबारको बैठकले यस्तो निष्कर्ष निकालेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।

‘उच्च अदालतको आदेश आएपछि जिल्ला अदालतको प्रक्रिया सुरू नहुँदै कानुनी प्रक्रिया विपरीत विना पक्राउ पुर्जी गिरफ्तार गर्नु राज्यको निर्मम प्रतिशोध रहेको सचिवालयको निष्कर्ष छ,’ उनले भने ।

बैठकले प्रहरीले कानुनको उचित प्रक्रिया पालना नगरेर गैर व्यवसायिकता प्रस्तुत गरेको निष्कर्ष निकालेको उनले बताए । यो ज्यादतीविरूद्ध पार्टीले मानव अधिकार आयोगमा समेत उजुरी दिएको उनको भनाइ छ ।

उच्च अदालतको आदेश लगत्तै प्रहरीले लामिछानेले चैत्र २२ गते गिरफ्तार गरेको थियो । प्रहरीले सभापति लामिछानेलाई अवैध रूपमा दुई दिनसम्म हिरासतमा राखेको रास्वापाको निचोड छ ।

महाधिवेशनको विषयमा वैशाख चार गते बस्ने केन्द्रीय समितिमा छलफल हुने उनले बताए । जनयात्रा लगायतका अन्य विषयमा छलफलका लागि भोली फेरि सचिवालय बैठक बस्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved