नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

नेपालभ्युज

नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले पक्राउ परेका राजावादी प्रदर्शनकारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन् ।

समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत गुरुङले राजावादी प्रदर्शनकारीलाई वैशाख २१ गतेसम्म रिहा गर्न अल्टिमेटम दिएका छन् ।

यदि माग पूरा नभए वैशाख २२ गतेको दिन सामूहिक गिरफ्तारी दिने उनको भनाइ छ ।

गुरुङले भने, “यदि सरकारले वैशाख २१ गतेभित्र हाम्रो माग पूरा नगरे २२ गतेदेखि तीनकुनेमा सामूहिक गिरफ्तारीको प्रक्रिया सुरु हुनेछ । सबैभन्दा पहिले मैले नै गिरफ्तारी दिन्छु, म ७८ वर्ष पुगेँ । हामीले ज्यान माया मारेर आन्दोलनमा जाने हो । त्यसपछि को-को आउनुहुन्छ, आउनुस् ।”

उनले थपे, “हाम्रो संयोजकज्यूको नजरबन्द खुलाएन भने बन्दी बनाइएका साथीहरूलाई मुक्त गराएन भने २२ गतेको दिनमा हामीले तीनकुनेमा साहदत प्राप्त गर्नुभएका वीर सहीदहरूको रगतले लतपतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने हो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved