काठमाडौं । आईपीएल (IPL) २०२५ मा आज गुजरात टाइटन्स (जीटी) र राजस्थान रोयल्स (आरआर) बीच खेल हुँदैछ ।
सिजनको २३औं खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा नेपाली समयअनुसार साँझ ७:३० बजेदेखि सुरु हुनेछ ।
सन् २०२२ को च्याम्पियन गुजरात जारी सिजनमा ४ खेलमध्ये ३ जित र १ हारसहित अङ्क तालिकामा दोस्रो स्थानमा छ । अर्कोतर्फ सन् २००८ को च्याम्पियन राजस्थानले अहिलेसम्म ४ खेल खेलेको छ, जसमा २ जित र २ हार व्यहोरेको छ ।
हेड टु हेडमा गुजरात अगाडि
आईपीएलमा अहिलेसम्म दुई टोलीबीच ६ खेल भएका छन् । जसमा गुजरातले ५ खेल जितेको छ भने राजस्थानले १ खेल मा जितेको छ ।
गुजरातका जारी सिजनमा सर्वाधिक स्कोरर साई सुदर्शनले यस सिजनमा २ अर्धशतक बनाएका छन् । उनले मुम्बईविरुद्ध ६३ रन र पञ्जाब विरुद्ध ७४ रन बनाएका थिए ।
तीव्र गतिका बलर मोहम्मद सिराजले ४ खेलमा ९ विकेट लिएका छन् । उनी टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन् ।
यता, राजस्थान रोयल्सका बलर वानिन्दु हसरङ्गा टोलीका सर्वाधिक विकेट लिने बलर हुन् । उनले आफ्नो ३ खेलमा जम्मा ६ विकेट लिएका छन् । उनले चेन्नई सुपर किंग्स विरुद्धको अन्तिम खेलमा ३५ रन दिँदै ४ विकेट लिएका थिए ।
ब्याटिङतर्फ कप्तान सञ्जु स्यामसनले ४ खेलमा टोलीका लागि सबैभन्दा धेरै १३७ रन बनाएका छन् । उनले यस सिजनमा अर्धशतक प्रहार गरेका छन् । उनीपछि ध्रुव जुरेलले ४ खेलमा ११९ रन बनाएका छन् ।
पिच रिपोर्ट
नरेन्द्र मोदी रङ्गशालाको पिच ब्याटिङमैत्री छ । यहाँ अहिलेसम्म ३७ वटा आईपीएल खेल खेलिएका छन् । १७ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने २० खेलमा पछ्याउने टोलीले जितेको इतिहास छ ।
यहाँको उच्चतम टोली स्कोर २४३/५ हो, जुन पञ्जाब किङ्ग्सले यस सिजन गुजरातविरुद्ध बनाएको थियो । यो खेल पञ्जाबले ११ रनले जित्यो । यस सिजनमा यहाँ दुई खेल खेलिएका छन् । दुवै अवस्थामा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ ।
सम्भावित प्लेइङ-१२
गुजरात : शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, शाहरुख खान, राहुल तेवाटिया, वाशिङ्गटन सुन्दर, राशिद खान, साई किशोर, मोहम्मद सिराज, प्रसीद कृष्ण, इशान्त शर्मा, शेरफान रदरफोर्ड ।
राजस्थान : सञ्जु सैमसन (कप्तान), यशस्वी जैसवाल, नितिश राणा, रियान पराग, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, वानिन्दु हसरङ्गा, जोफ्रा आर्चर, महेश टेकशाना, युधवीर सिंह, सन्दीप शर्मा, कुमार कार्तिकेय ।
Facebook Comment
Comment