टी–२० आई श्रृङ्खला

कतारमाथि नेपालको सहज जित

नेपालभ्युज

कतारमाथि नेपालको सहज जित

काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी–२०आई श्रृङ्खलाको पहिलो खेलमा नेपालले कतारमाथि सहज जित हासिल गरेको छ ।

बुधबार बिहान सकिएको खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गरेको हो ।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १८ बल बाँकी छँदै १५४ रन बनाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए र यस्तै कप्तान रोहित पौडेलले अविजित रहँदै ३७ रन जोडे ।

आरिफ शेखले ३३ तथा बसिर अहमदले अविजित ३० रन जोडे । नेपालले १६ रन अतिरिक्त पाएको थियो ।

कतारका मुजिब उर रहमानले सर्वाधिक २ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

यसअघि नेपालविरुद्ध टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।

कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरेका थिए । उनी ५४ बलमा ५४ रन बनाए ।

नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए ।

चारदेशीय श्रृङ्खलामा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । श्रृङ्खलामा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

नेपालले पहिलो खेलमै विजयी भएर सुखद् सुरुवात गरेको छ ।

कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved